सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे कुनै निर्णय नगरेपछि अध्यक्षद्वय प्रचण्ड, माधव नेपाललगायतका नेताहरू फेरि बिहीबार निर्वाचन आयोग जाने भएका हुन् ।
त्यसका लागि अहिले पेरिसडाँडामा तयारी भइरहेको छ । केन्द्रीय सदस्यहरू त्यहाँ जम्मा भएका छन् । यो समूहले बुधबार केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।
यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा