सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि आयोगले शनिवारबाट मतपत्र छपाइ सुरु गर्दै छ । स्थानीय तह निर्वाचनका लागि सबै निर्धारित कामहरु समयसीमा भित्रै भएको दावी गर्दै आएको आयोगले नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न लागेको हो ।निर्वाचन आयोगले निर्वाचन सामग्री व्यवस्थापनदेखि, मतदान केन्द्रको परिमार्जन, नीति र निर्देशिका बनाउने जस्ता सबै काम तीव्र गतिमा राखेको छ । निर्वाचन मिति घोषणापछि तयारीका लागि १ सय २० दिन समय मागेको आयोगले ८२ दिन मात्रै पाएकाले कामलाई तीव्रता दिनुपरेको हो ।
आयोगका अनुसार मतदाता नामावलीलाई अन्तिम रूप दिने काम, मतदाता शिक्षा तयारी, मतदानस्थल पुनरावलोकन, कर्मचारी व्यवस्थापनलगायत काम भइरहेका छन् ।पुनःसंरचना आयोगको प्रतिवेदन ढिलो गरी प्राप्त भएकाले सबै मतदाताको परिवर्तित ठेगानाअनुसारको नामावली मिलाउन केही ढिला भइरहेको आयोगले जनाएको छ । फागुन ९ सम्म नाम दर्ता गराएका करिब १ करोड ४० लाख मतादाताको ठेगाना मिलाएर चैत २० भित्र नामावलीलाई अन्तिम रूप दिने आयोगको कार्यसूची छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा