सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ चैत । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए ।उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने काँग्रेसले जनाएको छ । पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए।डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका उनी २०५६ को आमनिर्वाचनमा रामेछाप क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा