सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा