सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को नयाँ कार्यकारी पदको लागि हुन गईरहेको निर्वाचनका लागि बासदेवु नेपालको प्यानल घोषणा गरिएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरेर बासदेवु नेपालको प्यानल घोषणा गरिएको हो ।
फेकनको निवर्तमान कार्यसमितीले सदस्यहरुको ब्यापारिक, समय सापेक्ष संस्थागत विकास, कोभिड–१९ को असर र यसबाट उब्जेका विविध समस्याहरुलाई सम्बोधन गर्न नसकेका कारण आफुहरुले नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गरेको कुरा बासुदेव नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभयो।
यहि फागुन ८ गते हुने निर्वाचनका लागि यस प्यानलमा अध्यक्ष पदका लागि बासुदेव नेपाल, उपाध्यक्षमा प्रज्वल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपिन केसी, सचिबमा पृथ्वीबहादुर चन्द, अमित खड्का, कोषाध्यक्षमा अनिल शर्मा पौड्यल रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजकुमार ढकाल , दिनेश न्यौपाने, दिपा लामिछाने र सुरेश पोखरेल रहेका छन् ।
“हाम्रो फेकन राम्रो फेकन, राम्रो फेकन हाम्रो फेकन” भन्ने नाराका साथ सबैको साझा आवाज, साझा विश्वास, साझा समस्या, सबैको अपनत्व हुनेगरी फेकनको विकास गर्नुपर्नेमा आफुहरु सक्षम, सतर्क र स्पष्ट रहको कुरा वासुदेव महासचिव का उम्मेदवार विपिन के.सी.ले बताउनुभयो।
२२ महिना २४ काम अबको नेतृत्व बासुको नाम भन्ने साझा नाराका साथ चुनावी मैदानमा उत्रिएको बासुदेव नेतृत्वको प्यानलका उपाध्यक्ष पदका उम्मेदवार हेमन्त राज दुलालले भन्नुभयो “हामीले प्रतिबद्धता गरेका योजना, नीति तथा कार्यक्रमहरु सम्पूर्ण सदस्यहरुको साथ र सहयोग लिएर सफल गर्ने प्रण गर्दछौ”।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा