सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सन्धिखर्क, २ चैत । देशभर एमाले प्रवेशको लहर नै चलेको छ । एमालेले सुरु गरेको मेची–महाकाली अभियानमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को नै लागेको छ । एमालेले तराई र पहाड अलग गराउने गरी गर्न लागेको प्रदेश सीमांकनको विरुद्ध लिएको अडानका कारण अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
त्यसैगरी, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्य नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला विक, इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसङ्घ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्य दिपनारायण चुदाँली, जिवलाल खनाल, खुबिराम खनाल, टोपलाल गिरीलगायत नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीलाई बधाई तथा शुभकामना दिँदै प्रवेशीलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन सबै आफ्नो ठाउँबाट एकजुट भएर लाग्न नेता आचार्यले आग्रह गरेका छन्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा