सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले हात पारेकी छन्। शनिबार भएको फिनालेमा उनले नगद रु ३५ लाख पुरस्कार सहितको उपाधि जितेकी हुन्।
उपविजेताहरु सुरेश लामा लक्ष्मण लिम्बु र शन्देस बम्जन लामाले ५ लाख रुपैयाबाट पुरस्कृत भएका छन्।
देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित हुनुभएको हो ।
नेपाल टेलिभिजनले संचालन गरेको यो नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो हो । नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा ४ जना प्रतिश्पर्धी रहनु भएको थियो ।
यस रियालिटी शो का लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा