सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इजिप्टमा एकजना महिलालाई ‘अश्लील केक’ बनाएको आरोपमा केही बेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो ।
त्यसको फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो । उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो ।
सो जन्मदिनको समारोहमा उपस्थितहरूमाथि पनि कानुनी कारबाही हुनसक्ने ठानिएको छ ।
एउटा उच्च धार्मिक निकायले त्यस्ता सामग्री इस्लामले वर्जित गरेको जनाएको छ ।
दार अल-इफ्ताले फेसबुकमा टिप्पणी गर्दै यौन झल्काउने सामग्रीहरू ‘समाजको मूल्यमान्यतामाथि प्रहार’ भएको जनाएको छ । बीबीसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा