सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । डिआइजी जयबहादुर चन्दले सामाजिक सञ्जाल फेसबुकमा निम्नस्तरको धारणा सार्वजनिक गरेका छन्। उनले शनिबार आफ्नो फेसबुकमा ‘भुस्याहा कुकुरहरू भुक्ने दिन सकिने बेला आउँदै’ भनेर स्टाटस लेखेका छन्।सरकारले प्रहरी महानिरीक्षक पदमा बढुवा सिफारिस गरेका चन्दले कसलाई ‘भुस्याहा कुकुर’ लेखेका हुन् त्यो चाहिँ खुलाएका छैनन्। तर, उनले स्टाटस राखेको केही समयमै हटाएका छन्।
नेपाल प्रहरीमा यसरी जथाभावी धारणा सार्वजनिक गर्ने केही अधिकृतलाई सोधपुछ तथा सचेत गराइँदै आएको छ। बढुवामा अन्याय भएपछि सतीले सरापेको देश’ भन्दै एसपी दीपक थापाले स्टाटस लेखेर केही समयमै हटाएका थिए।चन्दलाई सरकारले महानिरीक्षकमा बढुवा गरे पनि सर्वोच्च अदालतले रोकेको छ। अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमाथि प्रारम्भिक निर्णय गर्दै सर्वोच्चले उनको बढुवा कार्यान्वयन नगर्न अन्तरकालीन आदेश गरेको छ।
केही समययता मिडियामा चन्दका गतिविधिमाथि टिप्पणी गर्दै निरन्तर समाचार प्रकाशित भइरहेका छन्। चन्दले लेखेको स्टाटसमा बिरोध भएपछि हटाएको हुनसक्ने अनुमान गरिएको छ। उनले अालोचकहरूलाई लक्षित गरी फेसबुकमा यस्तो धारणा सार्वजनिक गरेको हुनसक्ने अनुमान पनि गरिएको छ;न्युज२४नेपाल बाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा