सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन ताकेता गरेको छ ।
आन्तरिक राजस्व विभागले मंगलबार सूचना प्रकाशित गर्दै साना तथा ठूला करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन करदाताहरुलाई आग्रह गरेको हो ।
आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७र७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।
सरकारले तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने चेतावनी समेत दिएको छ ।
कोभिड–१९ का कारण व्यपार, व्यवसाय प्रभावित भएकाले व्यवसायीहरुले कर तिर्ने समय पछाडि सार्दिन सरकारसँग माग गर्दै आएका थिए । केही समय अघि उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर व्यवसायीले तिर्ने कर समय केही पछि सार्दिन आग्रह गरेका थिए ।
सरकारले यो आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड कुल राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म पौने चार खर्ब राजश्व उठाइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा