सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गुगलले आफनो फोटो ऐप लाई रिडिजाइन्ड गरेको छ । यसमा यूजरले म्याप भ्यू फिचर सँगै तीन वटा नयाँ ट्याब मिल्नेछ जसमा फोटोज, सर्च र लाइब्रेरी । योसँगै गुगल फोटोज ऐपको आइकनमा पनि थोरै बदलाव गरीएको छ । गुगल फोटोज सबैभन्दा लोकप्रिय फोटो स्टोरेज ऐप्स मध्ये एक हो, जसको १ विलियन भन्दा धेरै यूजर्स छन् ।
डिजाइन
गुगल फोटोज ऐपमा नयाँ ट्याबसँगै फोटोज र भिडियोजलाई धेरै प्राथमीकता दिइएको छ । अब फोटो पहिलाको भन्दा ठुलो देखिनेछ । साथै, फोटोजमा व्हाइट स्पेसलाई पनि कम गरेको छ । फोटो ट्याबलाई ठुलो थंम्बनेल्ससँगै अपडेट गरीएको छ । र यसमा अटो प्लेइङ भिडियोज जस्तै फिचर्स पनि पाइनेछ । यो नयाँ अपडेटमा गुगलले सर्च फिचरमा धेरै जोड दिएको छ ।
मेमोरीज
पछिल्लो बर्ष गुगलले मेमोरीज फीचर ल्याएको थियो । यसमा यूजरले पछिल्लो बर्ष खिचेको फोटो हेर्न सक्छन् । अब यसमा पनि गुगलले नयाँ टाइप्स को मेमोरीजलाई जोडेको छ । यसमा तपाईको, तपाईको साथी र परिवारको सदस्य वा कुनै यात्राको उत्कृष्ट फोटोजलाई पछिल्लो हप्ता नै हाइलाइट गरिनेछ । यसमा यूजरले अब मुभजि, क्लोज र एनिशमेशन जस्तो अटोमेटिक क्रिएशन पनि पाउनेछन् ।
म्याप भ्यू
अन्तिममा गुगलले म्याप भ्यू फिचर ऐपसँगै अपडेट गरेको छ । यो फिचरको लागी यूजरले लामो समयदेखी प्रतिक्षा गरीरहेका थिए ।
लाइब्रेरी ट्याब
गुगलले फोटोज ऐपसँगै नयाँ लाइब्रेरी ट्याब पनि जोडेको छ । यहाँ यूजर एल्बम्स, फेवरेट, ट्रेस, अर्काइव आदि देख्न सकिनेछ । गुगलको अनुसार, यो नयाँ अपडेट एन्ड्रोइड र आईओएस यूजर ले अगिल्लो हप्तादेखी पाउन थाल्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा