सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा आइतबार ६४ बिन्दुभन्दा माथिको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से ६४.१४ बिन्दुले ओरालो लागेको हो । तैपनि तीनवटा कम्पनीका सेयरधनीले यस दिन नाफा कमाएका छन् ।
अघिल्लो कारोबार दिन बिहीबार ४६ बिन्दुले ओर्लेको बजारमा आइतबार त्योभन्दा ठूलो पहिरो गयो । नेपाल स्टक एक्सचेन्जमा कारोबार समय थपेर पाँच घन्टा पुर्याएको दिन बजारले नकारात्मक संकेत देखायो ।
कारोबार सुरु भएदेखिनै ओरालो लाग्न थालेको परिसूचक १२ बजेतिरबाट केही सम्हालिए पनि कारोबार सुरु हुँदाको अवस्थामा पुग्न सकेन बरु आधा घन्टामै पुनः ओरालो लाग्न थाल्यो र बजार बन्द हुँदा १३१३.०४ बिन्दु कायम भयो ।
अघिल्लो दिन १३७७.१८ बिन्दुमा बजार बन्द भएको थियो । आइतबार कारोबार भएका सबै उपसमूहको सूचक ओरालो लागेको छ ।
सबैभन्दा बढी जीवन बिमा कम्पनीको सूचक ६२१.८८ बिन्दुले ओर्लेको छ । बढी ओरालो लाग्नेको दोस्रो नम्बरमा रहेको निर्जीवन बिमा समूहमा ४१६.७३ बिन्दुको गिरावट छ ।
दुई अर्ब १० करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी सेयर किनबेच नेपाल लाइफ इन्स्योरेन्सको भयो । उक्त कम्पनीको १७ करोड ३६ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
एक सय ७४ कम्पनीको सेयर किनबेच भएको दोस्रो बजारमा तीनवटा कम्पनीकाले मात्रै कमाएका छन् । जसमा युनाइटेड मोदी हाइड्रोपावर, सिन्धु विकास बैंक र वोमी माइक्रोफाइनान्सका सेयरधनी छन् । बाँकी एक सय ७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार युनाइटेड मोदीका सेयधनीले ०.९७ प्रतिशत, सिन्धुका सेयरधनीले ०.७७ र ओमीका सेयरधनीले ०.४७ प्रतिशत कमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा