सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । बैतडीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउन विश्वनाथ र रामेश्वरम ज्योर्तिलिङ्ग स्थापना हुने भएको छ । मानसखण्ड पूराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका वडा नम्बर ६ को चौखुडामा रामेश्वरम् र पाटन वडा नम्बर ३ को वनारसी धाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो ।
नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन र अनुसन्धान गरे अनुसार ज्योतिर्लिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वर धाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिनुभयो । पातालभुवनेश्वर धामबाट बग्ने रामगंगा नदी (बगडी) र सरयु नदी (सुर्नया)को संगम स्थलमा पाटन वडा नम्बर ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिनुभयो ।
यस्तै पौराणिक सरयु (सुर्नया) नदीको किनार पाटन नगरपालिका वडा नम्बर ३ स्थित वनारसी धाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिनुभयो । दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितीमा शिलान्यास समेत गरिएको छ । विश्वनाथ धाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वर धाममा मन्दिर निर्माणका लागि रामसिंह बिष्टको अध्यक्षतामा समिति समेत गठन गरिएको छ ।
बैतडीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । तीर्थाटनका लागि हजारौं रुपैंया खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थहरुको पहिचानका लागि आफूले अभियान समेत चलाएको उहाँले बताउनुभयो ।
पुराणमा लेखिएका कुराहरुको बारेमा जानकारी नहुँदा र यहाँका धार्मिक स्थलहरुको प्रचारप्रसार नहुँदा प्रसिद्ध धामहरु ओझेलमा परेका उहाँले बताउनुभयो । यहाँका तीर्थहरुको महिमाका बारेमा पूराणहरुमा उल्लेख गरिएको भएपनि प्रचारप्रसारका अभावमा ओझेलमा परेका जगद्गुरुको भनाई छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा