सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दर्ता गर्न लागेको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको छ ।
बुधबार प्रहरी परिसर काठमाडौंमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दर्ता गर्न पुगेकी थिइन् ।
यसैक्रममा, निकितालाई प्रहरी परिसर काठमाडौंले यो केश आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरिएको हो । निकिताको साथमा गएका दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङसँग छलफल गरिएको थियो ।
यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहसङले बताएका छन् ।
उनले भने, ‘यो केस प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन, चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् । प्रहरीभित्रको उजुरी प्रहरीले हेर्दैन।’ यसैक्रममा, निकिताको अधिवक्ता राजेन्द्र सेढाईले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेको हो ‘।
प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अहिले उनी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा गएकी छन् ।
गत साउन २० गते नुवाकोटका पत्रकार पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न वाध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा