सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ । मन्दिरको नाममा रहेको ६ रोपनी जग्गा विप्लव समूहले कब्जा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन जनपरिषद्ले सल्यान छत्रेश्वरी गाउँपालिका-६ मा रहेको खैराबाङ मन्दिरको गूठीको जग्गा कब्जा गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्थानीय दुर्गाबहादुर बुढाको मकै बारी र खेतमा विप्लव समूहले झण्डा गाढेर गुठीको जग्गा कब्जा गरेको हो ।
गुठीको जग्गा भनेर विप्लवले झण्डा गाढेको हुनसक्ने सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा