सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आजको समयमा आलुको चिप्स लगभग जो कोहीलाई मन पर्छ, मन पनि किन नपरोस यसको स्वाद नै यस्तो हुन्छ कि मानिसहरु नखाई बस्न सक्दैनन् । आजकालका युवायुवतीहरु फास्ट फुडको रुपमा सबैभन्दा धेरै आलु चिप्सलाई मन पराउँछन । सामान्यतय एक प्याकेट चिप्सको मुल्य ५, १० देखी लिएर २ सय, ३ सय सम्मको हुन्छ । तर के तपाईलाई थाहा छ कि विश्वको सबैभन्दा महंगो आलु चिप्सको मुल्य कति छ ? आलु चिप्सको मुल्य जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ ।
विश्वको सबैभन्दा महंगो आलु चिप्सको एक प्याकेटको मुल्य ५६ डलर यानी नेपाली करिब ६,५०० रुपैया पर्दछ । यो एक प्याकेटमा मात्र ५ वटा मात्र चिप्स हुन्छ । यो हिसावमा केबल एक चिप्सको मुल्य १,३०० नेपाली रुपैपा पर्दछ । नेपालमा हो भने यती रकमको कैयौ प्याकेट नै आउछ ।
यो महंगो आलु चिप्सलाई स्वीडेनको एक कम्पनि सेन्ट एरिक्स ब्रुवरीले बनाएको हो । अब तपाई सोचिरहनु भएको होला कि साधारण देख्ने यो चिप्समा यस्तो के हालेको होला जसको कारण यसको मुल्य हजारौ भयो ।
यो चिप्सको प्याकिङ यसरी गरीएको छ कि जुन आलु चिप्स नभएर कुनै महंगो गर–गहना हो । यो विशेष चिप्स पाँच स्वादहरुमा उपलब्ध छ । हुनत यसलाई ग्राहकहरुको विशेष मागको आधारमा मात्र बनाइन्छ । साथै चिप्सको डिब्बामा कम्पनिको एउटा प्रमाणपत्र पनि राखेको हुन्छ ताकि असली र नक्कलीको पहिचान हुन सकोस ।
विशेष प्रकारको यो आलु चिप्स बनाउने कम्पनिको अनुसार, यसमा जुन सामाग्रीको प्रयोग गरीएको छ, त्यो निकै नै दुर्लभ हुन्छ । चिप्समा जुन प्याजको प्रयोग गरीएको छ त्यो एक विशेष प्रकारको हुन्छ, जुन लेक्सान्ड शहमा मात्र फल्ने गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा