सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गायक तथा संगीतकार टेकबहादुर अधिकारी र गायिका अम्बिका बस्नेतले सुमधुर तिज गीत सार्वजनिक गरेका छन् । ‘भाइ आयो लिनलाई’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
म्युजिक भिडयो एक्सन फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा अधिकारी र बस्नेतले स्वर दिएका छन् । गीत पनि उनीहरुले नै लेखेका हुन् । गीत र भिडियोमा तिजमा चेलीबेटी लिन माइतीबाट दाजुभाइ जाने परम्पराको चित्रण गर्दै घरमा माइती आइपुग्दा चेलीको मनमा पैदा हुने उत्साह र खुसी देखाइएको छ । तिजका लागि दिदी लिन जानुपूर्व भाइबहिनीमा आउने उत्साहलाई सरापेले अभिनयमा जीवन्त उतारेका छन् ।
उक्त गीतमा रेशम प्रधानले संगीत भरेका छन् । म्युजिक एरेन्जरको भूमिकामा पनि प्रधान नै छन् । पर्दामा सरापेको उपनामबाट चर्चित यादब देवकोटा र निर्मली उपनामले चर्चित निरु खड्कालाई फिचराइज गरिएको म्युजिक भिडियोको निर्देशन युवराज खत्रीले गरेका छन् । म्युजिक भिडियो सम्पादन पनि उनले नै गरेका छन् भने छायांकनमा सुजन श्रेष्ठको सहयोग छ । नृत्य निर्देशन सुरेश पाण्डेले गरेका हुन् ।
म्युजिक भिडियोको लिंक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा