सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी, साउन ९ । लगातारको वर्षाका कारणले सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् ।
लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिनुभयो । बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५-६ फिटसम्म पानी जमेको छ ।
लगातारको वर्षाका कारण गोबरगाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमाननगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमाननगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा ,त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो ।
गोबरगाढाबासीहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन्, तर पनि यहाँका स्थानीयको सुरक्षित बसोबासका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएकको वडाध्यक्ष यादवले आरोप लागाउनुभयो ।
बाढीकै कारण हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् । कयौँ बिगाहा खेतीयोग्य जमिन डुबानमा परेकाले स्थानीय कृषकहरु थप समस्यामा परेको वडाध्यक्ष मोही यादवले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार घर तथा गाउँपालिका कार्यालय समेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिलाठी कोइलाडी गाउँ पूरै डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागिरहेका छन् ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा