सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, साउन १ । बाढी पीडितहरुलाई सांसद र वडा अध्यक्ष मिलेर कुटपिट गरेको आरोप लगाएको छ । समाजवादी पार्टी, नेपालका प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादवले राहत तथा उद्धारका विषयमा कुराकानी गर्न वडा अध्यक्षको घरमा पुगेका बाढी पीडितहरुलाई हातपात गरेको आरोप लागेको छ ।
राहत र सहयोग नपाएपछि गुनासो गर्नका लागि वडा अध्यक्ष यादवको घरमा जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ का बाढी पीडित पुगेका थिए ।
पीडितले अध्यक्षको घरमा पुगेर प्रदेश सांसद र वडाअध्यक्षको विरोधमा नारावाजी गर्न लाग्दा दुवै भाइले हातपात गरी भगाएको आरोप उनीहरुले लगाएका छन् ।
यसैक्रममा, योग शिविर सञ्चालन भइरहेको बेला एक युवाको समूहले अनावश्यक नारा लगाएकाले शिविरमा आएका व्यक्तिहरुले कुटपिट गरेको वडा अध्यक्ष यादवले जनाएको छ ।
उनले भने, ‘बाढी सबैतिर आएको छ, कुरा के हो बसेर गरौं भन्दा उनीहरुले कुरै गर्न मानेनन्, हुलदंगा गर्न थालेपछि त्यही शिविरमा आएका व्यक्तिहरुले सामान्य कुटपिट गरको हो ।’ उनले आफू र प्रदेशसभा सदस्य यादवले घटनामा संलग्नता नरहेको बताए ।
सो हातपातका कारण केही युवा अस्पताल पनि भर्ना भएका छन् । वडा अध्यक्ष यादवले अस्पताल भर्ना भएकालाई नाटकको संज्ञा दिएका छन्। वडा अध्यक्ष यादवका अनुसार उनीहरुलाई केही नभएता पनि बदनाम गराउने उद्देश्यले अस्पताल भर्ना भएको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा