सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको ३० औ प्रतिस्पर्धामा आइतबार पाकिस्तानले आफनो ब्याटिङको शानदार प्रदर्शनको मद्यतले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो । टस जितेर पहिला ब्याटिङ गर्दे पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको नोक्सानीमा ३०८ रन बनायो । जवाफमा दक्षिण अफ्रिकी टिम ९ विकेट गुमाउदै २५९ रन मात्र बनाउन सक्यो र आफनो विश्वकपको यात्रा टुङगायो ।
पाकिस्तानको तर्फबाट हारिस सोहेल (८९ रन, ५९ बल, ९ चौका र ३ छक्का) ले विस्फोटक पारी खेले । यसको अलावा बाबर आजम (६९), इमाम उल हक (४४) र इमाद वसीमले २३ रन बनाए । यता, दक्षिण अफ्रिकाको तर्फबाट लुंगी एन्गिडीले तीन, इमरान ताहिरले २ जबकि मार्करम र ए.डिले फेहलुकवायाले एक–एक विकेट लिए । हारिस सोहेलको शानदार प्रदर्शनको लागी म्याच अफ द म्याच चुनियो ।
यो हारसँगै दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो पाँचौ हार हो । यता, पाकिस्तानको यो दोस्रो जित हो । यो जितको साथ पाकिस्तानी टिम अंकतालिकामा पाँच अंकसँगै सातौ स्थानमा पुगेको छ । यता, दक्षिण अफ्रिकी टिम तिन अंकसँगै अंकतालिकामा नवौं स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा