सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २३ । नेपालमा ७ रेक्टर स्केलको महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाको १७ गतेदेखी २८ गतेसम्म ठुलो भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।
उनलाई मंगलबार गौशालाबाट पक्राउ गरीएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।
ज्योतिष क्षेत्री पछिल्लो पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ज्योतिष क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रहरीले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा