सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, जेठ ४ । आज बैशाख शुक्ल पूर्णिमा २५६३ औँ बुद्ध जयन्ती अर्थात सिद्धार्थ गौतमको जन्म दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन राष्ट्रपति त्यहाँ पुगेकी छिन् ।
यसैक्रममा, उनी त्यहाँ पुगेसँगै एक भव्य समारोहकाबीच बुद्ध जयन्ती र लुम्बनी भ्रमण वर्षको उद्धाटन गरेकी छिन् । उक्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी ओली शुक्रबार नै लुम्बिनी शुद्धोधनको प्राचीन दरबारमा पुगेका थिए ।
बुद्ध पूर्णिमा वा जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न देशबाट बौद्धप्रति आस्था राख्नेहरुको घुइचो लागेको छ। यसैक्रममा, शनिबार बिहानै प्रधानमन्त्रि केपी ओलीले लुम्बिनी विकास कोष परिसरमा फलफूलका विरुवाहरु वृक्षरोपन गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा