सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २६ । गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–९ पुरानागाउँमा बुधबार साँझ बा. ५१ प. ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुन पुगेको हो ।
उक्त दुर्घटनामा परि मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनिहरु पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक लामाको घटनास्थलमै मृत्यु भएको थियो भने, बालकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा