सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा, बैशाख २३ । प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु. १० करोड ५७ लाख निकासा गरेको जनाएको छ । सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शव वाहन खरीद गर्नका लागि अनुमति प्राप्त गरेका छन् भने, रकमसमेत निकासा भएको छ ।
साधन खरीदका लागि स्थानीय तहहरुमा रु. १० करोड ५७ लाख निकासा गरिएको र खरीद प्रक्रियासमेत शुरु भएको मन्त्री ढुंगेलले जानकारी दिए । प्रदेश ३ का ११९ वटै स्थानीय तहलाई सेवा मुलक सवारी खरीद गर्नका लागि प्रस्ताव आह्वान गरिएकोमा ४७ वटा स्थानीय तहको प्रस्ताव समेत स्वीकृत भएको थियो । -रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा