सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, बैशाख २० । हावाहुरीसहितको भारी वर्षाले भक्तपुर जलमग्न भएको । शुक्रबार दिउँसो परेको पानीले भक्तपुरको अधिकाश स्थान जलमग्न हुदा सवारी आगमनमा समस्या परेको छ ।
फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ ।
चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
फोटो : भक्तपुरे ग्रुपबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा