सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
श्रीलंकाको राजधानी कोलंबोमा भएको आठ सिलसिलेवार बम आक्रमणलाई लिएर विश्वभरका नेताहरुले निन्दा गरेका छन् । यता, अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले आफनो ट्वीटमा गल्तीले मृतकको संख्या १३ करोड बताएका छन् ।
यद्यपी, केही मिनेटमै त्यो ट्विटलाई उनले डिलेट गरेका छन् । तर सोशल मिडियामा मानिसहरु ट्रंपको यो गलत ट्वीटको स्क्रिनसटसँगै आफनो प्रतिक्रिया दिन थाले । यसपछि ट्रंपले पुरानो ट्विटलाई डिलेट गरे पश्चात एक नयाँ ट्वीट गर्दे आफनो गल्तिलाई सुधारेका छन् ।
नयाँ ट्विटमा अमेरीकी राष्ट्रपति ट्रंपले लेखेका छन् “श्रीलंकाको चर्च र होटलमा आतंकवादी आक्रमणमा १३८ मानिसहरु मारीएका छन र ६०० भन्दा बढि मानिसहरु गम्भिर घाइते भएका छन् । संयुक्त राज्य अमेरीका यी माहान ब्यक्तिहरु प्रति हार्दिक समवेदना ब्यक्त गर्दछ । हामी मद्यतको लागी तयार छौ ।”
138 people have been killed in Sri Lanka, with more that 600 badly injured, in a terrorist attack on churches and hotels. The United States offers heartfelt condolences to the great people of Sri Lanka. We stand ready to help!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा