सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, चैत २७। पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो ।
नाउराको भिर धवलागिरी चक्रीय पदमार्गको जोखिमपूर्ण भिर हो भिरबाट चिप्लेका पुन करिब ३ सय मिटर तल खस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।
आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । पूर्वब्रिटिस आर्मीसमेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा