सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,जेठ ११ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन् ।
जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिनको म्याद थप माग गरे पनि अदालतले ३ दिनका लागि मात्र म्याद थपेको छ ।
सिरोहियालाई गत मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा लगेर नागरिकतासम्बन्धी उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ ।
नागरिकता किर्तेमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा