सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ जेठ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्।
सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले अस्वीकृत गरेको बताएका हुन् । उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।
सन्दीपले फेसबुकमा लेखेका छन्,’नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो।दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा