सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / काठमाडौ, चैत १८ । बर्षेनि बर्षा मासमा बाढीले रुवाउने नेपालको तराइ मधेसलाई यो पटक चैते हावाहुरीले रुवाएको छ । दर्दनाक बनेको छ मधेसको बर्तमान स्थिती । आँखामा आँसु नभएका मानिस बिरलै होलान । यो एक दैवीप्रकोपले मधेस मात्र नभई पुरै देश नै रोएको छ ।
आइतबार साझ एकाएक चलेको आधीबेरिले एक घण्टामै फेरिदियो मधेसका दुई जिल्ला बारा र पर्साको स्थिती । जनताले कल्पना समेत गरेका थिएनन यस्तो होला । “हरेक बर्ष जस्तै सामान्य हुरि चल्ला र एकदुई रुखका हागा भचिएलान र घरका छानामा लगाएका पाता अनि खर उडाउला” यो बाहेकको कसैले सोचेको थेन । तर यो बर्ष इतिहास नै बन्यो । करिब ३२ जनाको ज्यान जाने गरि हुरिबतास चल्यो, जसले पाच सय भन्दा बढी घाइते पनि भए । घरहरु भासिए, टहराको त कुरै छोडौ, सयौं बिजुलि र टेलीफोनका पोलहरु, भवनहरु समेत बाकी रहेनन । सडकमा चन्दै गरेका सवारीसाधन पनि छोडेर बिनाशकारी आधीले । २०७१ मा नेपालकै साविक मध्यपश्चिममाञ्चलमा भयानक अनि भीषण बाढी पहिलो गएको थियो जस बखत पनि सयौं मरेका थिए । अझै छोडेन पापीले पुनः हजारौंको ज्यान लिने हेतुले महाभुकम्प गयो २०७२ बैशाख १२ गते । जसको पीडा अझै गएको छैन । त्यसबेला भत्किएका महत्त्वपूर्ण हाम्रा सम्पत्ति अझै बनेका छैन, केही भुकम्पपिडितले टाउको लुकाउने छानो अझै पाएका छैनन । चोटमा मल्हम त परै जाओस सरकारको सहयोग पनि पाएका छैनन केहिले । ती ठुला ठुला घटना थिए जो इतिहास बनेका छन, कति पुराना इतिहासलाई पनि जितेका छन । नेपाल सधैं बर्षाको समयमा रुन्छ तराई-मधेस मात्र हैन । तर हरेक बर्ष मधेस नै धेरै रुन्छ । कहिलै आन्दोलनले त कहिलै बिनाशकारी बाढी अनि डुबानले । यो बर्ष त हावाहुरीले पनि छोडेन ।
हेर्नै सकिदैनन क्षतबिक्षत भएका तस्बिरहरु । बारा जिल्लामा २६ जना अनि पर्सा जिल्लामा ५ जना गरि ३२ जनाको मृत्यु भएको छ । तर प्रहरीले २७ जनाको मात्र सनाखत गरेको छ। बाराका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले उद्दार कार्य जारी रहेको बताउदै घाइतेहरुको अहिले विभिन्न अस्पतालमा उपचार भैरहेको जानकारी दिए । उनले बारामा २६ जनाको मृत्यु भएको जनाए । तर बिहान मात्र २७ जना भनेर जानकारी प्राप्त भएको थियो ।
यसैबीच प्रधानमन्त्री केपि शर्मा ओलि सहित स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको टोलि सोमबार नै बारा र पर्साका विभिन्न अस्पताल जहाँ घाइते भर्ना गरिएका छन त्यहाँ पुगेको छ । घाइतेहरु उपचारमा राज्यले सघाउने प्रधानमन्त्री ओलिले बताउदै उपचारमा कुनै कमि नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रपती बिद्यादेवी भण्डारीले पनि उपचारको जोहो राज्यले गर्नुपर्ने बताउनुभएको छ । यो एक दैवीप्रकोपमा घाइते भएकाहरुलाई सरकारले राहत दिने जनाईएको छ । सोमबार मात्र घाइतेहरुका लागि ४ सय ५० भन्दा बढी त्रिपाल घटनास्थल तर्फ पठाईएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र पर्साले मृतकहरुको सनाखत गर्दै नाम सार्वजनिक गरेको छ । बारा प्रहरीले २४ जनाको सार्वजनिक गरेको छ भने एकजनाको पत्ता नलागेको जनाएको छ । हावाहुरीले बारा जिल्लामा मृत्यु भएकाहरुको लिस्टमा हरि नारायण दास, मनाेराम देवी, रूनिदेवी, अक्षयलाल माझी, नन्द पटेल, रूबि खातुन, गंढिमा देवी, हित लाल सहानी, बिबिसब खातुन, मुस्तकिमा खातुन, मिना खातुन, नाेक्सारा मिया, राम माझी, सुरझ माझी, राजेश मुखिया, अबधेस पासवान, राधे लाेडी, तारिफा खातुन, अलिसा खातुन, सकिया खातुन, समिधा खातुन, काेइरी देवी, श्रीपसाद यादव, सबनम खातुन रहेका छन भने दुइजनाको नाम पत्ता लागेको छैन । त्यस्तै पर्सा जिल्लामा बिहानसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो तर अहिले पर्सा जिल्लामा एकजनाको मात्र मृत्यु भएको भन्दै एकजनाको नाम सार्वजनिक गरिएको छ । पर्सा जिल्लाबाट ज्यान गुमाउनेमा सरोज रामफ रहेका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा