सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २९। थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट ग्रसित भई ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका छन् । ९४ वर्षीय अस्वघोष दुई सातादेखि बिरामी रहेका थिए ।
आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लाग्दै आएका अस्वघोषले करिब एक सय ५० कृतिहरु प्रकाशित गरेका छन् । उनी अखिल भिक्षु महासंघको सल्लाहकारमा समेत रही काम गरेको भिक्षु तपस्सीधम्मले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा