सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ४ । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीका लतबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ। ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन्।
संसद सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमिल्सिनाको खातमा मासिक एक लाख ९७ हजार ५१० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको हो। सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको लतबभत्ताबापत मासिक एक करोड १७ लाख ४६ हजार २६९ रुपैयाँ भुक्तानी गरिरहेको समाचार कान्तिपुर दैनिकमा छ।
यो रकम संघीय संसदमा बहाल रहेका ३३२ सांसदलाई दिने पारिश्रमिकभन्द्या ५४ लाख २५ हजार बढी हो। सचिवालयका अनुसार पदाधिकारी र सांसदको पारिश्रमिकमा मासिक एक करोड ७१ लाख ७१ हजार २९५ रुपैयाँ खर्च हुन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा