सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, साउन ३१। पाल्पा कारागारमा कैदी बन्दीहरुबीच झडप भएको छ । कारागारका नाइके पक्ष र अन्य समूहबीच बिहीबार बिहान भएको झडपमा कैदीबन्दीहरु सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते दुवै जना खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ। नाइके र उनीहरुको समूहले बन्दीहरुलाई अनावश्यक रुपमा दुःख दिएको, पाउने रकम नदिएको लगायतका विषयमा अन्य कैदीबन्दीहरुले आरोप लगाएपछि दुवै समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा