सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, साउन ३ । नारायणगढ—मुग्लिन सडक खण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरोका कारण बिहीबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अवरुद्ध हुँदा चितवनबाट काठमाडौं र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
पानी पर्ने क्रम जारी रहेको छ। चितवनको नारायणगढ मुग्लिन सडक चौडा पार्ने क्रममा विभिन्न क्षेत्रमा भित्तो काटिएकाले यहाँका ठाउँठाउँमा बारम्बार पहिरो खसेर यातायात प्रभावित बनाउँदै आएको छ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा