सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २७। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कारमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले भनिन्, ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो । उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भीर छ । ‘
कानुनी बाटोबाट मात्रै समस्याको समाधान हुने भन्दै उनले संसदबाट मात्रै केसीका मागहरुले बैधानिकता पाउने बताइन् । ‘चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागहरुलाई बैधानिकता दिने हो । कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन ।’
राज्यमन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने समेत जनाइन्।
अर्यालले केही मागहरुका बारेमा विवाद रहेको भन्दै मैले भनेकै हुनुपर्छ भनेर समसस्या समाधान नहुने बताइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा