सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार २६। त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले तीन वर्षे र चार वर्षे स्नातक तह प्रथम वर्षको परिक्षा तालिका सार्वजनिक गरेको छ ।
त्रिवि पनिका बल्खुले मंगलवार सूचना प्रकाशित गरी परिक्षा तालिका सार्वजनिक गरेको हो । तीन वर्षे स्नातक तह प्रथम बर्ष व्यवस्थापन, मानविकी विज्ञान र शिक्षाशास्त्र संकायको नियमित तथा प्राइभेट (पुर्ण तथा आंशिक) परिक्षा भाद्र १५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ भने चार वर्षे स्नातक तहको परिक्षा भाद्र १७ गतेदेखि आश्विन ७ गतेसम्म सञ्चालन हुनेछ ।
साथै त्रिवि पनिकाले तीन वर्षे एलएलवी दोस्रो वर्षको परिक्षा तालिका पनि सार्वजनिक गरेको छ । त्रिवि पनिकाको सूचना अनुसार एलएलवी दोस्रो वर्षको परिक्षा भाद्र १७गतेदेखि आश्विन १४ गतेसम्म हुनेछ । प्राईभेट तर्फ परिक्षा फाराम भर्न छुटेका विद्यार्थीका लागि श्रावण १३ र १४ गते र नियमित परिक्षा दिने विद्यार्थीहरुका लागि श्रावण १५ गते भित्र परिक्षा फाराम बुझाउनु त्रिवि पनिकाले सूचित गरेको छ ।
पनिकाले ३ बर्षे स्नातक तह पहिलो बर्षको परिक्षा समय विहान ७ बजेदेखी १० बजेसम्म निर्धारण गरेको छ भने चार बर्षे स्नातक तह पहिलो बर्षको परिक्षा समय दिउँसो १ बजेदेखी ४ बजेसम्म तोकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा