सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, बैशाख २४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ कुशहाचोकमा आइतबार राति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि रहेकी सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा परी बिल्टीका श्रीमान् ५९ वर्षीय राम उद्गार गडौरी गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते भएको दम्पतीलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बिल्टीको बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते राम उद्गारको लहानस्थित कामना नर्सिङ होम प्रालिमा उपचार भइरहेको जनाइएको छ। ठक्कर दिने हायस र चालक झापाको बुद्धशान्ति गाउँपालिका–१ का २८ वर्षीय किशोर चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा