सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुलरिया, बैशाख ११। उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो ।
उनी बुटवलमा बस्दै आएका थिए । पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा