सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ९ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको ललितपुरको हात्तीवनस्थित निवासमा आज साँझ बम बिस्फोट भएको छ ।
बेलुका करिब सवा ८ बजेतिर बम विस्फोट भएको र घर कम्पाउण्डको पर्खाल भत्सिएको छ भने घरको सिसाहरु फुटेको प्रहरीले जनाएको छ। अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ। उक्त बस विष्फोट किन र कसले गर्यो भन्ने खुलेको छैन ।
उनको घर नजिक शंकास्पद वस्तु पनि फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । विस्फोटको बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा