सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किएका छन् । काठमाडौं९केरुङ० रेल मार्गलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा अघि सारिएको ज्ञवालीले बताए ।
काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन तत्काल प्रारम्भ गर्न चिनियाँ पक्षसँग अनुरोध गरिएको र त्यसमा सकारात्मक जवाफ प्राप्त भएको बताएका छन्।
बेइजिङमा नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच भएको वार्तामा ‘वान बेल्ट वान रोड’मार्फत ‘क्रस हिमालय केनेक्टिभिटी नेटवर्क’ अघि बढाउने सहमति भएका थिए ।
केरुड–काठमाडौंका साथै काठमाडौंवाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीवारे पनि छलफल भएको साथै उक्त रेलमार्ग अनुदानस्वरुप निर्माण होस् भन्ने नेपालको चाहना रहेको पनि मन्त्री ज्ञवालीले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा