सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज, चैत्र ९ । सप्तरीको खडक नगरपालिका–२ मा आज आगलागी हुँदा रु १० भन्दा बढी मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो गुहाली(गाईगोठ)मा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भैंसी जलेर मरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
त्यस्तै छिमेकी कपिलेश्वर मण्डलको पनि एउटा कच्ची घर र एउटा गुहाली घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ । सो आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी र राजविराजबाट गएको बारुणयन्त्रले निभाएको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा