सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्हेका छन् ।
गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ नेपालको साताव्यापी भ्रमणमा रहनुभएका ल्याङ्काष्टरले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा