सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २८। नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार बस्दैछ। बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीलाई अन्तिम रुप दिने एजेन्डा रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। दलहरूलाई समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूची बुझाउन आयोगले दिएको तीन दिनको समय भोलि सकिँदै छ।
पार्टी एकता र शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने तयारी छ। शनिबार चितवनमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘देशको हित नहुने भएमा आफूले फड्को हान्ने’ अभिव्यक्ति दिएपछि सम्भावित वाम एकता टरेको त होइन भन्ने शंका उब्जिएको सन्दर्भमा एमाले बैठक हुन लागेको हो।
एकता स्थायी कमिटी बैठकलगत्तै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने ज्ञवालीले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा