सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
कपिलवस्तु, माघ २६। यहाँ आठ सय ७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३/०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो ।
त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन ।
नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन् ।
कसरी लाग्छ रोग ?
हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ । केटाकेटी यो रोगको जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन् । यो रोग लागेपछि खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, हात, स्तन सुन्निने गर्छ ।
यो औषधि दुई वर्षमुनिका बालबालिका, सात दिनको सुत्केरी, कडा रोग लागेका र ७० वर्ष नाघेकाले सेवन गर्न नहुने चिकित्सक बताउँछन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा