सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, माघ ३ । ग्लोबल आइएमई बैकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा पर्वतको कुस्मामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन तथा फरक क्षमता भएका ३५ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले ज्याकेट वितरण गरिएको बैकले जनाएको हो ।
एघारौँ वार्षिकोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि समाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम तथा निः शुल्क मधुमेह परिक्षण, वित्तिय साक्षरताको लागि प्रभातफेरि, इन हाउस फुस्टल तथाटेबल टेनिस को आयोजना गरिसकेको छ ।
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकका हाल ११३ शाखा, १२७ एटिएम, ४ बटा एक्टेन्सन काउण्टर, ५९ शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको छ । बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा युके, अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, जापान, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा