सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस ३ ।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मत अनुसार नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ ।
नेकपा (एमाले) ले दोस्रोमा रहेको नेपाली काँग्रेसभन्दा ४६ हजार १०५ मत बढी पाएको छ । समानुपातिकतर्फको अन्तिम मतगणना अनुसार यस पटक राष्ट्रिय दलको मान्यता पाउने दलको सङ्ख्या पाँच मात्र हुने भएको छ ।
आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दल सम्बन्धी ऐनले ताकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा