सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २९। रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन्। शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले जनताको हक, अधिकार र मुलुकको विकासका लागि सहादत प्राप्त गरेका शहीदहरुको सपना संविधान कार्यान्वयन भएसँगै पूरा हुने बताए।
निर्वाचनमा कांग्रेसले हारेर पनि देशले जितेको भन्दै प्रधानले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने बताए। पूर्वसभामुख दमननाथ ढुङ्गानाले शहीदले मुलुकको विकास र समृद्धिका लागि देखेको सपना पूरा भए मात्र उनीहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा