सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा, मंसिर २९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकता हुने कुरामा कुनै शंका नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले वीरगंजमा शुक्रबार बिहान गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले नेपाली नागरिकको चाहना दुवै पार्टीको एकता रहेको कुरा पुष्टि चुनावको नतिजाले गरेको बताउनुभयो । नेता नेपालले सरकार नेतृत्व गठनका सम्बन्धमा कुनै समस्या नरहेको प्रष्ट पार्नुभयो ।
नेता नेपालले काम चलाउ सरकारले बाहिरिने बेलामा गरेको विभिन्न नियुक्तिप्रति असन्तोष जनाउनुभयो । उहाँले यो प्रक्रिया अनुपयुक्त रहेको चर्चा गर्दै आउने सरकारले काम चलाउ सरकारको निर्णय मान्न बाध्य नहुने समेत प्रष्ट पार्नुभयो । उहाँले संवैधानिक बाध्यता भए वाम गठबन्धनसँग छलफल गरेर मात्र काम गर्नुपर्ने बताउनुभयो ।
नेता नेपालले अब बन्ने वाम गठबन्धनको सरकारले नागरिकको विकास र समृद्धिको चाहना पुरा गर्ने बताउनुभयो । उहाँले जित्नु मात्र ठूलो कुरा नभई जितका आधारलाई रक्षा गर्दै थप विकासका लागि योग्यतापूर्वक काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले वाम गठबन्धन सरकारले हुलाकी राजमार्गको निर्माण, राम्रा सडक सञ्जाल, रेल सडक निर्माण, नयाँ शहरको निर्माण, उत्तर दक्षिण जोड्ने सडक निर्माणमा विशेष ध्यान दिइने बताउनुभयो ।
पर्सा जिल्लामा वाम गठबन्धनले कुनै पनि सिट जित्न नसकेकोप्रति नेता नेपालले पार्टी भित्र मौलाउँदै गएको गलत प्रवृतिलाई समाप्त पार्नुपर्ने सुझाव दिदै हारका कारणहरुको समीक्षा गरेर कमजोरीहरु सच्याउने कुरामा अगाडि बढाउन स्थानीय नेतृत्वलाई निर्देशन दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा