सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी , मंसिर २१ । सिके राउतका २ जना कार्यकर्ता सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ बाट प्रहरीले पक्रेको छ । उपस्वास्थ्य चौकी भवन लौनीया मतदान केन्द्रमा भोट हाल्ने मतदाताको फोटो खिचिरहेका बेला उनीहरुलाई सशस्त्र प्रहरीले पक्रेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको छ ।
पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका २ का सुशीलकुमार मण्डल र राजविराज ११ का श्यामकुमार यादव छन् । उनीहरुले बिहानदेखि पटक पटक पत्रकारिताको विद्यार्थी भएको भन्दै मतदान केन्द्रको र मतदाताको फोटो खिचेका थिए ।
पटक पटक फोटो खिच्न थालेपछि शंका लागेर उनीहरुलाई सोधपुछ गर्दा सिके राउतको कार्यकर्ता भएको खुलेको सशस्त्र प्रहरीको भनाइ छ । उनीहरुलाई मतदान गर्ने मतदातालाई कारवाही गर्न फोटो खिचेको हुन सक्ने अनुमान गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा