सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ६ । आगामी चुनाबको लागि शिक्षा विभागले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। धेरैजसो विद्यालयमा मतदान केन्द्र पर्ने र सरकारी विद्यालयका शिक्षकहरू मतदानमा खटिनुपर्ने भएकाले चार दिन बिदा दिने निर्णय गरेको हो।
पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म बिदा दिने निर्णय गरेको हो। शिक्षा विभागले सबै क्षेत्रीय कार्यालयमा पत्राचार गरी बिदा दिने निर्णय गरेको हो।
यसघि शिक्षा विभागले मंसिर ४ गते निर्णय गरी जिल्ला स्थित संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिन पत्राचार गरिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा